पेट्रोलियम पदार्थको मुल्य घट्यो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १६ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यमा कटौती गरेको हो।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाइएको छ भने डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य घटेको छ। यस्तै, आन्तरिक हवाई उडानका लागि प्रयोग हुने हवाइ इन्धनको मूल्यमा पनि प्रतिलिटर ६ रुपैयाँले कमी गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएको र निगमको आर्थिक अवस्थालाई ध्यानमा राख्दै उपभोक्तालाई राहत दिन मूल्य समायोजन गरिएको निगमले जनाएको छ। मूल्य घटेसँगै सर्वसाधारण उपभोक्ता तथा यातायात व्यवसायीलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।

Leave a Comment