राष्ट्रपतिबाट मतदाता नामावली संशोधन अध्यादेश जारी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं-९ असोज ।
राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार बुधबार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको हो।

जेन–जी विद्रोहपछि बनेको अन्तरिम सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेको छ। सोही निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली संशोधनसम्बन्धी अध्यादेश ल्याइएको हो।

अध्यादेश जारीसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन, संशोधन र अद्यावधिक प्रक्रियालाई तीव्रता दिने तयारी गरेको छ। यसले निर्वाचनमा सहभागी हुन इच्छुक नयाँ मतदाताका साथै नामावलीमा त्रुटि भएका मतदातालाई आफ्नो विवरण सच्याउन सहज हुने अपेक्षा गरिएको छ।

Leave a Comment