विश्वकप लिग-२ : नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, कात्तिक १५ — आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपालले अमेरिकासामु २७२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

शनिबार यूएईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २७१ रनमा समेटिएको हो।

नेपालका दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७५ रन बनाए। त्यस्तै करण केसीले ४९ रन, कुशल भुर्तेलले ४७ रन, भीम सार्कीले ४३ रन र कप्तान रोहित पौडेलले ३६ रनको योगदान गरे।

अन्य खेलाडीहरू मध्ये आसिफ शेख, आरिफ शेख र गुल्सन झाले दोहोरो अंक पार गर्न सकेनन्। नन्दन यादवले १, सन्दीप लामिछानेले ४ र ललित राजवंशीले १ रन बनाए।

अमेरिकाका बलर हर्मित सिंहले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिँदा नोस्थस केन्जिगे र सौरभ नेत्रभलकरले २–२ विकेट हात पारे। शुभम रन्जने र जस्दिप सिंहले १–१ विकेट जोडे।

अब जितका लागि अमेरिकाले ५० ओभरमा २७२ रन बनाउनुपर्नेछ।

Leave a Comment