इजरायलद्वारा वेस्ट ब्याङ्कमा छापा, ५० भन्दा बढी प्यालेस्टिनी गिरफ्तार

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१० मंसिर २०८२-इजरायली कब्जा फौज (IOF) ले मङ्गलबार वेस्ट ब्याङ्कका विभिन्न स्थानमा छापा मार्दै कम्तीमा ५० जना प्यालेस्टिनीलाई गिरफ्तार गरेको प्यालेस्टिनी समाचार एजेन्सी WAFA ले जनाएको छ।

कल्किल्याको पूर्वमा रहेको अजुन सहरमा मात्र २५ जनालाई पक्राउ गरी कुटपिट गरिएको उल्लेख गरिएको छ।
त्यसैगरी अरिहा सहर, जबरऐन अल–सुल्तान शरणार्थी शिविर बाट १० जना पक्राउ परेका छन्।

बेथलेहेम गभर्नरेटमा ६ जना, जेनिन दक्षिण–मिर्का गाउँमा ६ जना र रामल्ला–नब्लस–जेनिन शिविर क्षेत्रमा ३ जना गरी विभिन्न स्थानबाट थप गिरफ्तारी भएका छन्।

यस्तै अल–खलिल (हेब्रोन) नजिकको बेत उमर सहरमा विद्यालय तथा घरमा छापा मारेर दर्जनौँ नागरिकलाई चिसो र वर्षामा घण्टौँसम्म दुर्व्यवहार गर्दै नियन्त्रणमा राखिएको आरोप गरिएको छ।

पछिल्ला दिनमा IOF ले वेस्ट ब्याङ्कमा

आवागमन रोक्ने,

नागरिकलाई आतङ्कित गर्ने,

कार्यकर्ताहरूमाथि दबाब बढाउने
जस्ता गतिविधि तीव्र पारेको बताइएको छ।

Leave a Comment