२६ मंसिर, काठमाडौं।
नेपाल प्रहरीले जनपद समूहका २१ प्रहरी निरीक्षक (इन्सपेक्टर) र ४३८ सहायक निरीक्षक (असइ) पदमा खुला प्रतिस्पर्धात्मक भर्ना सुरू गरेको छ।
मानवस्रोत विकास विभागअन्तर्गतको वृत्ति विकास महाशाखाले जानकारी दिँदै, इच्छुक उम्मेदवारले पूरी प्रक्रिया अनलाइनमार्फत पूरा गर्न सक्ने बताएको छ।
कसरी दर्खास्त दिने ?
नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा गएर
Career → Online Application मा प्रवेश गर्ने
वा सिधै अनलाइन आवेदन पोर्टलमार्फत लगइन गरेर फर्म भर्ने
के–के पद ?
इन्सपेक्टर : २१ जना
असइ (ASI) : ४३८ जना
नेपाल प्रहरीले बाह्य भर्ना प्रक्रिया अघि बढाएसँगै युवाहरूले रोजगारी र सुरक्षा सेवामा प्रवेशका नयाँ अवसर पाएका छन्।

