जनकपुरधाम, माघ १५ — मधेश प्रदेश सरकारले रविदास जयन्तीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह, सञ्चार तथा कानुन मन्त्रालय, मधेश प्रदेश सरकारद्वारा जारी सूचनाअनुसार मन्त्रिपरिषद्को निर्णय बमोजिम दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्ती (माघ पूर्णिमा) का अवसरमा प्रदेशभित्र बसोबास गर्ने ती समुदायलाई सम्मानस्वरूप बिदा दिइएको हो।
सूचनामा उल्लेख भएअनुसार मिति २०८२ साल माघ १५ गते आइतबार मधेश प्रदेशमा सार्वजनिक बिदा रहनेछ। सम्बन्धित सबै निकाय तथा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सूचना प्रकाशित गरिएको मन्त्रालयले जनाएको छ।
उक्त सूचना मन्त्रालयका प्रवक्ता राधेश्याम प्रसाद पाल ले जारी गरेका हुन्।






