ग्यास अभावको हल्ला गलत: मागभन्दा बढी आपूर्ति भइरहेको आयल निगमको दाबी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, २१ माघ — बजारमा खाना पकाउने एलपी ग्यास अभाव भएको भन्ने हल्ला निराधार रहेको भन्दै नेपाल आयल निगमले देशभर ग्यास आपूर्ति मागभन्दा बढी भइरहेको तथ्यांक सार्वजनिक गरेको छ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार हाल नेपालमा दैनिक औसत करिब ९० बुलेट (झन्डै १ लाख १४ हजार सिलिन्डर) ग्यासको माग छ। तर पछिल्ला दिनमा इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट यो परिमाणभन्दा धेरै बढी ग्यास लोडिङ भइरहेको उनले जानकारी दिए।

निगमले सार्वजनिक गरेको विवरण अनुसार:

शनिबार: ११८ बुलेट (करिब १ लाख ४९ हजार ५ सय सिलिन्डर)

सोमबार: ११५ बुलेट (करिब १ लाख ४५ हजार ७ सय सिलिन्डर)

मंगलबार: १३२ बुलेट (करिब १ लाख ६७ हजार ३ सय सिलिन्डर)

लोडिङ भएका बुलेटमध्ये केही ग्यास नेपाल भित्रिसकेको र बाँकी बाटोमै रहेको निगमले जनाएको छ। आगामी चुनाव अवधिभर पनि नियमित आपूर्ति नरोकिने दाबी गरिएको छ।

निगमले ग्यास आपूर्ति पर्याप्त रहेकाले उपभोक्तालाई नआत्तिन आग्रह गर्दै घरमा अनावश्यक रूपमा सिलिन्डर सञ्चय नगर्न विशेष अनुरोध गरेको छ। अनावश्यक स्टकले बजारमा कृत्रिम अभावको अवस्था सिर्जना गर्न सक्ने चेतावनीसमेत निगमले दिएको छ।

Leave a Comment