कलैया, २ फागुन २०८२ । का अध्यक्ष सौरभ पाण्डेयको नेतृत्वमा आयोजित रक्तदान कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको छ। कार्यक्रममा महिला ३ जना र पुरुष ५१ जना गरी जम्मा ५४ जनाले रक्तदान गरेका छन्।
हाल को ब्लड बैंकमा रगतको चरम अभाव रहेको अवस्थामा आयोजित यस कार्यक्रमले स्थानीय स्वास्थ्य सेवामा महत्वपूर्ण सहयोग पुगेको अस्पताल स्रोतले जनाएको छ। आकस्मिक तथा नियमित उपचारका लागि आवश्यक रगतको आपूर्ति संकटग्रस्त भइरहेका बेला युवाहरूको सक्रियताले बिरामीहरूको उपचारमा प्रत्यक्ष राहत पुग्ने विश्वास व्यक्त गरिएको छ।
रक्तदान कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाताप्रति अस्पतालको रक्तसञ्चार शाखाले विशेष आभार प्रकट गरेको छ। “रक्तदान जीवनदान हो” भन्ने मूल सन्देशलाई व्यवहारमै उतार्दै युवाहरूले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको अस्पतालले जनाएको छ।
कार्यक्रमको अर्को विशेषता भनेको परम्परागत शैलीभन्दा भिन्न ढंगले सञ्चालन हुनु हो। अध्यक्ष पाण्डेयका अनुसार कामभन्दा नाम र भाषणलाई प्राथमिकता दिने प्रवृत्तिलाई तोड्दै कार्यक्रममा कुनै प्रमुख अतिथि नराखी सादा र उद्देश्यकेन्द्रित ढंगले रक्तदान सम्पन्न गरिएको हो। यसले कार्यक्रमलाई औपचारिकताभन्दा सेवामुखी बनाएको सहभागीहरूको भनाइ छ।
स्थानीय स्तरमा स्वास्थ्य सेवा सुदृढ गर्न युवाहरूको सक्रियता बढ्दै गएको सन्दर्भमा यस प्रकारका कार्यक्रमले सामुदायिक सहकार्य र मानवीय सहयोगको भावना अझ बलियो बनाउने अपेक्षा गरिएको छ। आयोजकले आगामी दिनमा पनि आवश्यकताअनुसार यस्तै सामाजिक अभियानहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

