आजदेखि मतदाता शिक्षा अभियान सुरु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, फागुन ३ — प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ। निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ अनुसार सञ्चालन हुने यो विशेष अभियान फागुन १७ गतेसम्म जारी रहनेछ।

का अनुसार आम नागरिकलाई मताधिकारको महत्व, मतदान प्रक्रिया र सही ढंगले मत हाल्ने तरिकाबारे जानकारी दिन कार्यक्रम सुरु गरिएको हो। अभियानअन्तर्गत देशका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ।

स्वयंसेवकहरूले घरदैलोमै पुगेर नमुना मतपत्र प्रयोग गरी मतदान गर्ने तरिका, मत बदर हुन नदिने उपाय तथा निर्वाचन प्रक्रियाबारे जानकारी गराउनेछन्। प्रभावकारी मतदाता शिक्षाले मतदानमा सहभागिता बढाउने र बदर मतको अनुपात घटाउने विश्वास आयोगले लिएको छ।

कार्यक्रमलाई सफल बनाउन सातै प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, उम्मेदवार तथा सञ्चार क्षेत्रलगायत सबै सरोकारवालासँग सहयोग र समन्वय गर्न आयोगले आग्रह गरेको छ। आयोगका सहायक प्रवक्ता नारायणप्रसाद भट्टराईले अभियान देशव्यापी रूपमा सञ्चालन हुने जानकारी दिए।

Leave a Comment