झापा–५ मा विकासको ‘रोडम्याप’ सार्वजनिक : ओलीद्वारा अधुरा योजना पूरा गर्ने प्रतिबद्धता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

पूर्वाधार, कृषि आधुनिकीकरण र सुशासन मुख्य एजेन्डा; नदी नियन्त्रणदेखि एआई नियमनसम्मका योजना समेटिए

५ फागुन, काठमाडौं । ले झापा निर्वाचन क्षेत्र–५ को समग्र विकासका लागि विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। क्षेत्रीय कमिटीले मंगलबार सार्वजनिक गरेको उक्त दस्तावेजमा पूर्वाधार विस्तार, कृषि आधुनिकीकरण, स्वास्थ्य–शिक्षा सुधार र सुशासनलाई प्राथमिकतामा राखिएको छ।

प्रतिबद्धता पत्रमा विगतमा आफ्नै नेतृत्वको सरकारले अघि बढाएका लोकप्रिय योजनालाई निरन्तरता दिँदै अधुरा आयोजना पूरा गर्ने अठोट व्यक्त गरिएको छ। राजनीतिक अस्थिरता अन्त्य गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने नीति पनि दोहोर्‍याइएको छ। साथै कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको दुरुपयोग रोक्न आवश्यक कानुनी नियमन गर्ने प्रतिबद्धता उल्लेख छ।

क्षेत्रीय पूर्वाधारतर्फ रतुवा, मावा र कमल खोला लगायत नदीमा तटबन्धन निर्माण गरी कटान नियन्त्रण गर्ने, पक्की पुलमार्फत आवागमन सहज बनाउने योजना अघि सारिएको छ। दमक–चिसापानी–रवि सडकखण्डको निर्माण सम्पन्न गर्ने, पाडाजुँगी–गौरीगञ्ज–आल्ताबारी सडक स्तरोन्नति गर्ने तथा हुलाकी मार्गअन्तर्गत माई नदी पुलको अधुरो काम टुंग्याउने लक्ष्य पनि पत्रमा समेटिएको छ।

एमालेले झापा–५ लाई कृषि उत्पादन, पूर्वाधार र सेवा क्षेत्रमा नमूना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यसहित प्रतिबद्धता सार्वजनिक गरेको जनाएको छ।

Leave a Comment