९ फागुन,बारा-बारामा होली मिलन समारोहको आयोजना गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित चिल्ड्रेन वर्ल्ड ईङ्गलिश बोडिङ्ग स्कुलमा कानु समुदायको होली मिलन समारोहको आयोजना गरिएको हो ।
कानु एकता महाअभियान बाराको आयोजनामा होली मिलन समारोहको आयोजना गरिएको हो । जिल्लाका कानु समुदायको सहभागिता रहेको थियो ।
रिस राग, ईर्ष्या मेटाएर एकजुट भएर होली खेल्ने गरिएको छ । पाँच सयको सहभागितामा होली मिलनको आयोजना गरिएको हो । प्रत्येक साल कानु समुदायले धुमधामका साथ होली मिलन कार्यक्रम आयोजना गर्ने गरेका छन ।
उमेश गुप्ताको अध्यक्षतामा भएको होली मिलन समारोहमा मनोज साह, उदित साह कानु, फेटा गाउपालिका सदस्य मदन गुप्ता, उधोग वाणिज्य संघ महासंघका महासचिव रामअशिस साह, एभिन्युज कर्मी अजय साह, सिए गोविन्द गुप्ता, नेकपाका प्रत्यासी ज्वाला साह, जनमतका प्रमोद गुप्ता लगायतले होली मिलनको शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी रमेश साहले गरेका थिए ।

