१४ फागुन, बारा:बाराको एक जना प्रमुख प्रशासकिय अधिकृत र लेखापाल भ्रष्टाचारमा लिप्त रहेको खवर सार्वजनिक भएको छ । प्रसौनी गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत सुमित सिह र लेखापाल प्रेमबाबु पटेल भ्रष्टाचारमा लिप्त रहेको खवर सार्वजनिक भएको हो ।
भौतिक पूर्वाधार देखि लक्षित वर्गको कार्यक्रममा ३० देखि ४० प्रतिशतसम्म कमिसन लिने गरेको एक जना ठेकेदरले बताएका छन् । कमिशन समयमा नदिए अनुगमनको नाममा विभिन्न बहाना गरि हप्तै पिछे अनुगमन गरि यो मिलेन, त्यो मिलेन भनेर भुक्तानी रोक्ने गरेको उनले आरोप लगाएका छन् ।
प्राय भौतिक पूर्वाधारका कार्यक्रम मेयर विनोद जैयसवारले आफ्नो आसेपासेकालाई मात्र दिएको आरोप लागेको छ । काम गुणस्तरीय होस या नहोस कमिशन कुनै हालमा हाकिम मेयरलाई चाहिने ठेकेदरले बताए । कमिशन दिए मात्र लेखापाल पटेलले चेक दिने गरेका छन् । उनि विरगंजमा कमिशन लिएर चेक दिने गरेको नाम नछाप्ने शर्तमा बताए ती ठेकेदारले बताए ।
एक जना एनजिओकर्मीका अनुसार प्रसौनी गाउपालिकाका स्वास्थ्यका ईन्चार्ज सुरेश साहले पालिकामा हंडकम्प मच्चाएका छन् । साहले कमिशन खानकै निम्ति हाकिम मेयरलाई आर्थिक प्रभावमा पारि आफुभन्दा वरिष्ठ कर्मचारीलाई आफु भन्दा तल्लो स्तरमा राखि योजना चलाउने गरेको छन ।
पालिकाका एक जना सचिव लाई लक्षित वर्गका कार्यक्रम गर्न र कागज पत्र मिलाउनलाई पालिकाले राखेको उनले ती एनजीओकर्मीले बताए । उनले काम कागज मै गरेर पैसा निकाल्न भने पछि आफु छक्क परेको एक जना एनजिओकर्मीले बताए । कामै नगरी आफुले भुक्तानी लिए अख्तियारमा फस्ने भनेर काम नगरेको उनले बताए ।
यस्ता कयौ विकृतिले पालिकामा जड गाडेर बसे पनि सम्बन्धित निकाय मुखदर्शक भएर बसेको पाईन्छ ।अधिकृत भएको एक वर्षमा सिह भ्रष्टाचारमा अब्बल अधिकृतको रूपमा चिनिने गरेका छन् ।
आफु अख्तियारको नजिक रहेकोले कसैले आफ्नो केही गर्न नसक्ने भनेर रूवाफ समेत देखाउने गरेका छन् । एक वर्ष मै अधिकृत सिहले जग्गा जोडन समेत सफल भएका छन् । सम्पत्ति शुद्धिकरण विभागले छानविन गरे उनले कमाएको अकुत सम्पत्ति छताछुल्ल हुन्छ ।