नेकपा एकीकृत समाजवादीको कोल्हबी नगर अधिवेशन सम्पन्न

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 44
पढ्न लाग्ने समय : 1 मिनेट

१८ चैत्र,बारा: नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको कोल्हबी नगर अधिवेशन सम्पन्न भएको छ ।

आज सम्पन्न अधिवेशनले हीरानन्द चौधरीको अध्यक्षतामा १२ सदस्यीय कोल्हबी नगर कमिटी गठन गरेको हो ।

नगर कमिटीको सचिवमा कृष्ण चौधरी, उपसचिवमा भगवती चौधरी, सदस्यहरुमा प्रकाश चौधरी, शंकर चौधरी, अनिता देवी, निरज भुजेल, ठाकुर चौधरी, प्रमोद चौधरी, जग्गा चौधरी, रामचन्द्र राम, विशुनदेव चौधरी रहेको पार्टीका जिल्ला सचिव ध्रुव यादवले जानकारी गराए ।

कोल्हबी नगर अधिवेशनमा पोलिटब्युरो सदस्य दिनेश राई, जिल्ला अध्यक्ष विजेन्द्र चौधरी, संविधान सभा सदस्य रामचन्द्र प्यासी लगायतको सहभागिता रहेको थियो ।

Leave a comment