१५ चैत,बारा: एसईई परीक्षामा चिट चोराएको आरोपमा बारामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बाराको देवताल गाउँपालिका–६ घर भइ कलैया उपमहानगरपालिका–२ स्थित अमर मावि दोहरीमा कार्यरत शिक्षक सुरेन्द्र यादव र बाराको आदर्शकोतवाल गाउँपालिका–३ घर भइ बारागढी गाउँपालिका–१ मा रहेको जनता मावि बुधगाईका नक्कली गार्डको रुपमा खटिएका विनोदप्रसाद यादवलाई पक्राउ गरेको हो ।
विनोदले नक्कली गार्ड बनेर चिट चोराएको प्रहरीको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराउनु भयो । पक्राउ परेका शिक्षकले भने मोबाइलमार्फत चिट चोराउन भूमिका खेलेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी गराउनु भयो ।