बाराको सिमरामा आज फेरि कर्फ्यू लागू

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

सिमरा (बारा), मंसिर ४ — बाराको सिमरामा फेरि कर्फ्यू आदेश जारी गरिएको छ। जिल्लामा बिहानैदेखि जेनजी समूहका युवाहरूले प्रदर्शन थालेपछि अवस्था जटिल हुन नदिने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लागू गरेको हो।

जिल्ला प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्म कर्फ्यू आदेश लागू रहने जानकारी दिएको छ। प्रशासनका अनुसार भीड नियन्त्रण र सम्भावित अप्रिय घटना रोकथामका लागि कर्फ्यू जारी गर्नु अपरिहार्य भएको हो।

गत केही दिनयता सिमरा क्षेत्रमा जेनजी समूहका गतिविधि र सुरक्षा निकायबीचको तनाव बढ्दै आएको छ। स्थानीय प्रशासनले सबैलाई शान्ति–सुरक्षा तथा कानून–व्यवस्था कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।

Leave a comment