इरानको राष्ट्रपति कार्यालय लक्षित हवाई आक्रमण गरेको इजरायलको दाबी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

मंगलबार, फागुन १९, २०८२,तेहरान/तेलअविव । इजरायली सेनाले इरानको राष्ट्रपति कार्यालयलाई लक्षित गर्दै हवाई आक्रमण गरेको दाबी गरेको छ।

(आइडीएफ) ले टेलिग्राममार्फत सार्वजनिक गरेको विज्ञप्तिमा तेहरानस्थित राष्ट्रपति कार्यालय र सुप्रिम नेशनल सेक्युरिटी काउन्सिललाई निशाना बनाइएको उल्लेख गरेको छ।

आइडीएफका अनुसार आक्रमणमा एक सैन्य तालिम केन्द्र र सरकारसँग सम्बन्धित अन्य महत्वपूर्ण संरचनासमेत लक्षित गरिएको थियो। आक्रमणको क्षति र मानवीय हताहतबारे भने तत्काल विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

र बीच पछिल्ला दिनहरूमा बढ्दो तनावका बीच यो दाबी सार्वजनिक भएको हो। यसअघि दुवै पक्षबीच मिसाइल आक्रमण र प्रतिआक्रमणको श्रृंखला चलिरहेको छ।

इरानले भने हालसम्म उक्त दाबीबारे आधिकारिक प्रतिक्रिया दिएको छैन। क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गइरहेका बेला अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आग्रह गर्दै आएको छ।

Leave a Comment