१८ चैत, वीरगन्ज । पर्सा प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा वीरगन्जबाट तीनजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चीनको हुनान प्रान्तमा बस्ने ३३ वर्षीय लिउ गुइ चाइ, हुवेइ प्रान्तका २६ वर्षीय वाङ बोहाङ र हुबेई प्रान्तका ३६ वर्षीय सियाङ जियाओ रहेका छन् ।
उनीहरूलाई प्रहरीले वीरगञ्जको विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
उनीहरूको साथबाट कम्प्युटर डेस्कटप, मोनिटर, पासपोर्ट, ल्यापटप, प्रिन्टर, मोबाइल भारतीय सिमकार्डलगायतका सामग्रीहरू बरामद गरिएको छ ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।