२१ फागुन, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको सुरक्षालाई लक्षित गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयको ‘कन्ट्रोल रुम’बाट देशभरका निर्वाचन क्षेत्रहरूको अनुगमन गरिरहेका छन्।
निर्वाचन सुरक्षाको अवस्थाबारे जानकारी लिन गृहमन्त्री अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुख तथा गृह मन्त्रालयका उच्च अधिकारीहरूको टोलीले कन्ट्रोल रुममा बसेर देशभरको अवस्थाको निगरानी गरिरहेको गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलले जानकारी दिएका छन्।
उनका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित बनाउन विभिन्न सुरक्षा निकायसँग समन्वय गर्दै निरन्तर रूपमा अनुगमन भइरहेको छ।

