झापा–५ मा बालेनको फराकिलो अग्रता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२२ फागुन, काठमाडौं । झापा क्षेत्र नम्बर–५ मा जारी मतगणनाको प्रारम्भिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन साहले अग्रता कायम गरेका छन्।

पछिल्लो मत परिणाम अनुसार साहले १ हजार ४ सय ७८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३ सय ८४ मत प्राप्त गरेका छन्। यस आधारमा साह ओलीभन्दा दोब्बरभन्दा बढी मतले अघि देखिएका छन्।

तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समीर तामाङले १ सय ३९ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रञ्जित तामाङले ५९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले ४२ मत प्राप्त गरेकी छन्।

झापा–५ लाई यसपटकको निर्वाचनको प्रमुख प्रतिस्पर्धात्मक क्षेत्रका रूपमा हेरिएको छ। मतगणना जारी रहेकाले अन्तिम परिणाम भने पछि मात्रै सार्वजनिक हुनेछ।

Leave a Comment