इरान आक्रमणमा ज्यान गुमाएका दिवस श्रेष्ठको शव नेपाल ल्याइयो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२३ फागुन,गोरखा : संयुक्त अरब इमिरेट्सको अबुधाबीमा इरानको आक्रमणमा परी ज्यान गुमाएका गोरखाका दिवस श्रेष्ठको शव नेपाल ल्याइएको छ।

भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षीय श्रेष्ठको शव नेपाली दूतावास अबुधाबीको पहलमा एयर अरेबियाको उडानमार्फत नेपाल ल्याइएको हो।

नेपाल ल्याइएपछि उनको शव काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको भीमसेन थापा गाउँपालिका–७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए।

अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा परेर गएको आइतबार श्रेष्ठको मृत्यु भएको थियो।

अबुधाबीमा रहेको मिडिल इष्ट कम्पनीमा सुरक्षागार्डका रूपमा कार्यरत श्रेष्ठ तीन वर्षअघि वैदेशिक रोजगारीका लागि त्यहाँ पुगेका थिए। गत असोजमा नेपाल आएर उनी पुनः दुबई फर्किएका थिए।

मृतक श्रेष्ठका बुवा, आमा र एक बहिनी रहेका छन्।

 

Leave a Comment