इरानसँग दुई साताको युद्धविराममा ट्रम्प सहमत

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२५ चैत,काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई साताका लागि युद्धविराम गर्न सहमति जनाएका छन्। उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत यस्तो जानकारी दिँदै स्ट्रेट अफ हर्मुज तत्काल खोल्ने शर्तमा युद्धविराम स्वीकार गरिएको बताएका हुन्।

यस सहमतिअनुसार अमेरिका र इरान दुवैले आक्रमण रोक्नेछन्। साथै इजरायलले पनि अस्थायी रूपमा आफ्नो सैन्य कारबाही रोक्न सहमति जनाएको अमेरिकी प्रशासनले जनाएको छ।

यो पहल पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफको कूटनीतिक प्रयासपछि सम्भव भएको बताइएको छ। उनले अमेरिका र इरानबीच वार्ताका लागि समय दिन दुई हप्ताको युद्धविराम प्रस्ताव गरेका थिए।

इरानले भने आफूले अमेरिका विरुद्ध ‘ठूलो विजय’ हासिल गरेको दाबी गर्दै १० बुँदे प्रस्ताव स्वीकार गराएको जनाएको छ। उता ट्रम्पले यो प्रस्ताव वार्ताका लागि सकारात्मक आधार भएको बताएका छन्।

युद्धविराम घोषणासँगै अमेरिकी शेयर बजारमा सुधार आएको छ भने कच्चा तेलको मूल्य घटेको छ। विश्लेषकहरूका अनुसार यस कदमले मध्यपूर्व क्षेत्रमा दीर्घकालीन शान्तिको सम्भावना बढाएको छ।

यसअघि ट्रम्पले इरानलाई स्ट्रेट अफ हर्मुज नखोले कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका थिए। सो समयसीमा सकिनै लाग्दा पाकिस्तानको सक्रिय कूटनीतिक पहलले तत्काल ठूलो द्वन्द्व टरेको देखिएको छ।

दुई साताको यो युद्धविराम अवधिमा वार्ता सफल भएमा क्षेत्रीय स्थायित्व र शान्तिका लागि महत्वपूर्ण उपलब्धि हुन सक्ने अपेक्षा गरिएको छ।

 

Leave a Comment