चीनदेखि अमेरिका सम्मका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बिहीबार, ३० असोज २०८२
काठमाडौं — अन्तरिम सरकारले चीनदेखि अमेरिका सम्मका ११ देशका आवासीय राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारले राजनीतिक सिफारिसमा पठाएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

फिर्ता बोलाइएका देशहरूमा चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, वेलायत, अमेरिका र जापान रहेका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार, यी सबै राजदूतहरूलाई आगामी कात्तिक २० गतेभित्र स्वदेश फर्किन निर्देशन दिइएको छ।

सरकारले कूटनीतिक नियोगमा नयाँ सन्तुलन र कार्यसम्पादन सुधारका लागि यो कदम चालेको जनाएको छ। परराष्ट्र मन्त्रालयका एक स्रोतका अनुसार, रिक्त हुने पदमा नयाँ राजदूत नियुक्त गर्ने प्रक्रिया चाँडै सुरु गरिने तयारी भइरहेको छ।

अघिल्लो सरकारले राजनीतिक सिफारिसका आधारमा राजदूत नियुक्ति गरेको भन्दै हालको सरकारले त्यसमा पुनः समायोजन गर्ने संकेत गरेको छ।

Leave a comment