लेबनानमा नेपाली शान्ति सैनिकको क्याम्प नजिक विस्फोट, सबै सैनिक सुरक्षित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

१ चैत, काठमाडौं। संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका नेपाली सैनिक रहेको क्याम्प नजिक मा विस्फोट भएको छ। तर घटनामा नेपाली शान्ति सैनिक भने सुरक्षित रहेका छन्।

समाचार एजेन्सीका अनुसार शुक्रबार साँझ दक्षिण लेबनानस्थित नेपाली बटालियन मुख्यालय नजिक विस्फोट भएको हो। नेपाली सेनाका प्रवक्ता ले घटनामा नेपाली सैनिकलाई कुनै मानवीय क्षति नभएको जानकारी दिए।

उनका अनुसार माइस–अल–जबाल क्षेत्रमा भएको विस्फोटका कारण नजिकैको एक घरमा क्षति पुगेको छ भने क्याम्पमा रहेका केही सैनिकका व्यक्तिगत सामग्रीमा सामान्य क्षति पुगेको छ। तर कुनै सैनिक घाइते वा हताहती भएका छैनन्।

नेपाली सेनाका अनुसार घटनाको समयमा शान्ति सैनिकहरू सुरक्षाका लागि बंकरभित्र रहेकाले उनीहरू सुरक्षित रहेका हुन्। त्यहाँ कति संख्यामा सैनिक उपस्थित थिए भन्ने यकिन भने नभएको बताइएको छ, किनकि उक्त क्याम्पमा नियमित रूपमा सैनिकहरूको आवत–जावत भइरहन्छ।

दक्षिण लेबनानमा रहेको उक्त बटालियन मुख्यालय ** सँगको सीमाना नजिक पर्दछ। त्यहाँ खटिएको संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युएनआईएफआईएल) अन्तर्गत नेपाली बटालियनको नेतृत्व उपरथी ले गरिरहेका छन्।

लेबनानमा हाल ५ सयभन्दा बढी नेपाली शान्ति सैनिक तैनाथ छन्। आक्रमण कहाँबाट भएको हो भन्ने विषयमा भने यकिन भइनसकेको र त्यसबारे अनुसन्धान भइरहेको नेपाली सेनाले जनाएको छ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव ले शान्ति सैनिकलाई निशाना बनाउनु अस्वीकार्य भएको बताएका छन्। उनले क्षेत्रीय द्वन्द्व तुरुन्त रोक्न र शान्ति कायम गर्न विश्व समुदायलाई सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।

Leave a Comment