जय ट्रफीको फाइनलमा आर्मी र पुलिस भिड्दै

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

मङ्गलबार, चैत ३, २०८२-काठमाडौँ — जय ट्रफी इलिट कपको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच फाइनल प्रतिस्पर्धा सुरु हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा बिहान साढे ९ बजे खेल सुरु हुने तय भएको थियो, तर मैदान भिजेका कारण टस अझै हुन सकेको छैन। फाइनल ३ दिने हुने यस खेलअघि लिग राउन्ड २ दिने खेलबाट सम्पन्न भएको थियो।

ट्रफीमा चार टोली सहभागी थिए। लिग राउन्डपछि आर्मी ६६ अंकसहित शीर्ष स्थानमा रह्यो भने पुलिस ६५.५ अंकसहित दोस्रो स्थानमा रही फाइनलमा पुगेको हो। आर्मीले लिग राउन्डका तीन खेलमा १ खेल जित र २ खेल बराबरी खेलेको थियो।

प्रतिस्पर्धी दुवै टोली बीचको फाइनल खेलले विजेतालाई ट्रफीका साथै प्रतिष्ठित उपाधि दिलाउने अपेक्षा गरिएको छ।

Leave a Comment