६ चैत, काठमाडौं । इरानमाथि सैन्य अभियानमा संलग्न अमेरिकाको एफ–३५ लडाकु विमानले मध्यपूर्वस्थित एक सैन्य अड्डामा आपतकालीन अवतरण गरेको छ। अमेरिकी अधिकारीहरूका अनुसार विमान सुरक्षित रूपमा अवतरण भएको छ भने पाइलटको अवस्था स्थिर रहेको बताइएको छ।
अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले जारी गरेको विज्ञप्तिमा इरानमाथि मिशन सम्पन्न गरेपछि विमानले आकस्मिक अवतरण गरेको उल्लेख गरिएको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।
अमेरिकी सञ्चारमाध्यम ले स्रोतहरूलाई उद्धृत गर्दै करिब १०० मिलियन डलर मूल्य पर्ने उक्त एफ–३५ विमान इरानी आक्रमणको लक्ष्यमा परेको हुन सक्ने जनाएको छ। तर अमेरिकी पक्षले यसको औपचारिक पुष्टि भने गरेको छैन।
का अनुसार सन् २०१८ देखि प्रयोगमा आएको एफ–३५ स्टेल्थ लडाकु विमान आक्रमणबाट प्रभावित भएको पुष्टि भएको घटना यसअघि सार्वजनिक भएको थिएन।
यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले एक अमेरिकी विमानमाथि आक्रमण गरेको दाबी गरेको छ, तर यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
यस द्वन्द्वका क्रममा अमेरिका र इरान दुवैतर्फ मानवीय तथा सैन्य क्षति बढिरहेको छ। अहिलेसम्म कम्तीमा १३ अमेरिकी सैनिकको मृत्यु भएको र करिब २०० जना घाइते भएको अमेरिकी स्रोतहरूले जनाएका छन्। इरानतर्फ भने १ हजार ४४४ जनाको मृत्यु र १८ हजारभन्दा बढी घाइते भएको त्यहाँका अधिकारीहरूले बताएका छन्।
यसैबीच, ले इरानविरुद्धको अभियानका लक्ष्यहरू यथावत् रहेको बताएका छन्। उनले इरानका क्षेप्यास्त्र प्रणाली, रक्षा संरचना र आणविक क्षमतामाथि प्रहार जारी रहने स्पष्ट पार्दै अभियानको कुनै निश्चित समयसीमा नरहेको उल्लेख गरेका छन्।

