मोरिससमा नेपाल–भारत कूटनीतिक भेट, सहकार्य विस्तारमा जोड

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२७ चैत २०८२, शुक्रबार ,काठमाडौं-परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच मोरिससको पोर्ट लुइसमा द्विपक्षीय भेटवार्ता भएको छ।

हिन्द महासागर सम्मेलनका क्रममा भएको उक्त भेटमा नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य तथा आपसी साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा छलफल गरिएको छ।

भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत मन्त्री खनाललाई पदभार ग्रहणको बधाई दिँदै दुई देशबीच विभिन्न क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

मन्त्री खनाल सम्मेलनमा सहभागी हुन बिहीबार मोरिसस पुगेका हुन्। उनले ‘माउन्टेन–ओसियन कनेक्टिभिटी’ को मुद्दालाई प्राथमिकतामा राख्दै नेपालको धारणा प्रस्तुत गर्ने तयारी गरेका छन्।

भूपरिवेष्ठित देश भए पनि नेपालका लागि समुद्री मार्गको महत्त्व र हिन्द महासागरसँगको सम्बन्धबारे सम्मेलनमा स्पष्ट अडान राखिने बताइएको छ।

Leave a Comment