व्यवस्थापन ९० प्रतिशत सम्पन्न, देश–विदेशबाट श्रद्धालु बढ्दै
१ फागुन, काठमाडौं । क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा पुगेको छ। सरसफाइ, सुरक्षा, आवास र दर्शन व्यवस्थापनलाई केन्द्रमा राखेर तयारी तीव्र पारिएको जनाइएको छ।
का अनुसार पर्वलाई व्यवस्थित, मर्यादित र भव्य बनाउन मूल समारोह समितिअन्तर्गत नौ वटा विषयगत उपसमिति गठन गरी काम भइरहेको छ। हालसम्म करिब ९० प्रतिशत तयारी पूरा भइसकेको कोषले जनाएको छ।
महाशिवरात्रि नजिकिँदै जाँदा पशुपतिनाथमा नागा बाबाहरूको आगमन सुरु भएको छ। नेपालका विभिन्न जिल्लाका साथै भारतलगायत छिमेकी मुलुकबाट साधु–सन्त र श्रद्धालुहरू काठमाडौं आइपुग्न थालेका छन्।
यस वर्ष फागुन ३ गते मनाइने महाशिवरात्रिमा पशुपतिनाथसहित देशभरका शिवालयहरूमा विशेष पूजा, आराधना र मेला आयोजना गरिनेछ। पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने अपेक्षासहित दर्शन र सुरक्षा व्यवस्थापनलाई थप सुदृढ बनाइएको छ।

