भुटानमाथि नेपालको शानदार जित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट
काठमाडौँ, चैत ९ । बीस वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई पराजित गरेको छ ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा सोमबार भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि २–१ गोलको जित निकालेको हो ।

नेपालका लागि सुजन डंगोल र सुवास बमले एक एक गोल गरे । भुटानका धेनदुप ग्यालसेनले एक गोल फर्काए ।

खेलको पाँचौँ मिनेटमै सुजन डंगोलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसपछि ५२औँ मिनेटमा सुवास बमले गोल थप्दै नेपाललाई २–० को अवस्थामा पुर्याए ।

८३औँ मिनेटमा भुटानका धेनदुप ग्यालसेनले एक गोल फर्काए पनि त्यसपछि थप गोल हुन सकेन ।

यससँगै नेपालले प्रतियोगितामा विजयी सुरुवात गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।
Leave a Comment