अमेरिकामाथि नेपालको एकतर्फी विजय, दिलसरा धमलाको चम्कदार प्रदर्शन

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

३० कार्तिक,काठमाडौ

आइतबार सम्पन्न खेलमा नेपालले अमेरिकामाथि सहज जित दर्ता गरेको छ। टस जितेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिका नेपाली बलरहरूको धारिलो आक्रमण अगाडि टिक्न नसक्दा नौ दशमलव चार ओभरमै सबै विकेट गुमाउँदै जम्मा १७ रनमै समेटियो। अमेरिकाका कुनै पनि खेलाडी दोहोरो अंकमा रन बनाउन असफल रहे।

नेपालका लागि दिलसरा धमला उत्कृष्ट लयमा रहिन्। उनले ३ विकेट लिँदै अमेरिकी ब्याटिङ लाइनअप ध्वस्त पारिन्। त्यस्तै सुनिता घिमिरेले १ विकेट हात पारिन्।

सानो लक्ष्य पछ्याउन मैदान उत्रिएको नेपालले सुरुवातदेखि नै नियन्त्रण जमाउँदै खेल जित्यो। नेपालका लागि दिलसरा धमलाले अविजित १२ रन जोड्दै टोलीलाई विजयी लक्ष्यसम्म पुर्‍याइन्।

बलिङ र ब्याटिङ दुवै विभागमा प्रभावशाली प्रदर्शन गरेको नेपालले अमेरिकामाथि एकतर्फी विजय हासिल गरेको हो।

Leave a comment