ओली–लेखक पक्राउपछि कांग्रेसमा मतभिन्नता प्रकट

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१४ चैत, काठमाडौं – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ भएपछि नेपाली कांग्रेसका दुई फरक समूहले आफ्ना धारणा सार्वजनिक गरेका छन्।

सभापति गगन थापाको नेतृत्वमा रहेको संस्थापन समूह:

सरकारले गरेको कदमलाई ‘सेलेक्टिभ’ भनेको छ।

यसविरुद्ध कानुनी प्रक्रिया र न्यायको सुनिश्चिततामा अघि बढ्ने योजना बनाएको छ।

२३ र २४ भदौका घटनाको निष्पक्ष छानबिन आवश्यक रहेकोमा जोड।

हतारमा गरिएको कदमले कानुनको शासन कमजोर हुनसक्ने चेतावनी दिएको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्व समूह:

ओली–लेखक पक्राउ राजनीतिक पूर्वाग्रह प्रेरित भएको बताएको छ।

संवैधानिक, कानुनी र राजनीतिक दृष्टिले प्रतिवाद गर्ने निर्णय।

देशभरका नेता र कार्यकर्तालाई आगामी परिस्थितिमा तयार रहन आह्वान।

दुवै पक्षले २३–२४ भदौका घटनामा संलग्न व्यक्तिहरूको निष्पक्ष छानबिन र कानुनसम्मत कारबाही आवश्यक रहेकोमा सहमति जनाएका छन्।
तर, सरकारको हतारमा गरिएको पक्राउले पार्टीभित्र मतभिन्नता स्पष्ट पारेको छ।

नवगठित सरकारले शनिबार बिहान ओलीलाई गुण्डुबाट र लेखकलाई कटुन्जेबाट पक्राउ गरेको थियो। यस घटनापछि कांग्रेसका दुई समूहबीच रणनीति र प्रतिक्रिया फरक देखिएको छ।

Leave a Comment