सुदूरपश्चिमको मुख्य मन्त्रीमा नेकपा एकीकृत समाजवादीका सोडारी नियुक्त

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 51
पढ्न लाग्ने समय : 1 मिनेट

६ वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् ।

साेडारीले एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

साेडारीले आजै शपथ लिनेछन् ।

यसअघि गत आइतबार नेपाली का‌ंग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमाले-माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबीका आधारमा निष्कर्षमा पुग्न नसकिएको भन्दै पुन: मुख्यमन्त्रीमा दाबी आह्वान गरेका थिए ।

  • An error has occurred, which probably means the feed is down. Try again later.