नेपालको निर्वाचनलाई भारतको स्वागत, नयाँ सरकारसँग सहकार्य गर्न तयार

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२१ फागुन, काठमाडौं । नेपालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनलाई भारतले स्वागत गरेको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालमा उत्साहजनक जनसहभागितासहित लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचन सम्पन्न भएको उल्लेख गरेका छन्।

उनले गत वर्षको असामान्य राजनीतिक परिस्थितिपछि आयोजित निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल सरकार, प्रधानमन्त्री सुशीला कार्की र नेपाली जनतालाई बधाई दिएका छन्।

जैसवालका अनुसार भारत नेपालसँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन चाहन्छ र नयाँ बन्ने सरकारसँग सहकार्य गर्न तत्पर रहेको छ।

उनले दुई देशबीचको पारस्परिक हित र जनस्तरको सम्बन्धलाई अझ मजबुत बनाउन भारतले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

भारतले विगतमा पनि नेपालको शान्ति, प्रगति र स्थायित्वका लागि सहयोग गर्दै आएको उल्लेख गर्दै यसपटकको निर्वाचनका लागि आवश्यक केही बन्दोबस्तीका सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ।

Leave a Comment