अस्पतालमै हिरासतमा ओली, स्वास्थ्य परीक्षण जारी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १५ चैत २०८२ – पूर्वप्रधानमन्त्री केपी ओली हाल प्रहरी हिरासतमा रहँदै मा उपचाररत छन्। अदालतको आदेशअनुसार उनको उपचारलाई प्राथमिकता दिँदै निगरानीमा राखिएको हो।

मुटुको धड्कनमा समस्या देखिएपछि चिकित्सकले ‘होल्टर मोनिटर’ राखेर परीक्षण गरिरहेका छन्। यसको रिपोर्ट सोमबार आउने र त्यसपछि थप उपचारबारे निर्णय गरिने जनाइएको छ।

चिकित्सकका अनुसार ओलीको स्वास्थ्य अवस्था हाल सामान्य छ, तर उनीमा मधुमेह, उच्च रक्तचाप, थाइराइड समस्या लगायत दीर्घरोग छन्। साथै, यसअघि दुई पटक मिर्गौला प्रत्यारोपण भइसकेको छ, जसका कारण उनलाई उच्च निगरानीमा राखिएको छ।

एक्स–रे गर्दा पित्तथैलीमा ढुंगा देखिए पनि शल्यक्रिया गर्ने विषयमा चिकित्सकले तत्काल निर्णय लिएका छैनन्। स्वास्थ्य जोखिमका कारण यो विषय सावधानीपूर्वक हेरिएको छ।

बरखीमा रहेका ओलीले हाल घरबाट ल्याइएको सात्विक खाना मात्र सेवन गरिरहेका छन्। संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको चिकित्सकले बताएका छन्।

गत जेनजी आन्दोलनसम्बन्धी घटनामा अनुसन्धानका लागि पक्राउ परेका ओलीलाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। सोही मुद्दामा पक्राउ परेका भने प्रहरी हिरासतमा छन्।

Leave a Comment