१६ चैत्र,बारा: बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १४ लक्षमिनिया स्थित पसाहा खोलामा शवगृहको आज एक कार्यक्रमका बीच शिलान्यास भएको छ ।
शवगृहको शिलान्यास नेकपा एमाले केन्द्रीय सदस्य तथा बारा निर्वाचन क्षेत्र नम्बर ३ ख का मधेस प्रदेश सभा सदस्य महम्मद समिरले गरेका हुन ।
प्रदेश सभा सदस्य समिरले चुनावको बेला आफ्नोे क्षेत्रमा जानता सङ्ग गरेको प्रतिबद्धता स्वरुप उक्त शवगृहको शिलान्यास गरेका हुन ।
सो ठाउँमा शवगृह बनेपछि कलैया उपमहानगरपालिकाको वडा नम्बर ५,६,४,१,९,१३,१४ ,७ मा मृत्यु भएका मानिसहरुलाई बाढी र बर्खा भएको बेलामा पनि दाहसंस्कार गर्नको लागी सहजता हुने भएको छ।
प्रदेश सभा सदस्य महम्मद समिरको पहलमा प्रदेश सरकारबाट २५ लाखको लागतमा आ.ब.२०८१/०८२ मसान्तसम्ममा निर्माणकार्य सम्पन्न हुने गरि शवगृह शिलान्यास गरिएको हो ।
शिलान्यास कार्यक्रममा नेकपा एमाले पार्टीका जिल्ला सहसचिव जवाहिर अन्सारी मानवअधिकार एलायन्सका जिल्ला सहसचिव रुसतम अन्सारी कलैया उपमहानगरपालिकाका वडा नम्बर १४ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद जयसवाल कार्यपालिका सदस्य राजेश्वर सिंह युवा नेता बिक्की साह लगायत स्थानीय समाजसेबी तथा बुद्धिजीवीहरुको उपस्थिति रहेकोे थियोे ।
Leave a Reply