हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 99
पढ्न लाग्ने समय : 1 मिनेट

१३ बैशाख, वीरगन्ज : नेपाल रास्ट्र बैंकको ६९ औं बार्सिकोत्सवको उपलक्ष्यमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल रास्ट्र बैंक विरगन्ज कार्यालयको आयोजित हाजिरी जावाफ प्रतियोगितामा विरगन्ज र कलैयाका गरि ११ वटा कलेजको सहभागिता रहेको थियो । प्रतियोगितामा कलैया स्थित के.ए.सि. स्कुल अफ म्यानेजमेन्टले विरगन्जका कलेजहरुलाइ उछिन्दै पहिलो स्थान हासिल गर्न सफल भएको थियो भने विरगन्ज स्थित हेरिटेज +२ कलेजले दोस्रो तथा ग्लोबल बिजनेस कलेजले तेस्रो स्थान प्राप्त गरेको थियो । विरगन्जको चर्चित कलेज विरगन्ज पब्लिक कलेजले चौथो स्थान हासिल गरि सन्तावना पुरस्कार प्राप्त गरेको थियो । कार्यक्रम सन्चालन कार्यालयका सहायक निर्देशक रितु गुप्ताले गर्नुभएको थियो ।