काठमाडौं, चैत २२ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ।
काठमाडौं जिल्ला अदालतले आइतबार उनीहरूविरुद्ध ५ दिन म्याद थप गरेको हो।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा गृहमन्त्रीको हैसियतमा भएको भूमिकालाई लिएर उनीहरूमाथि प्रश्न उठेको थियो। जाँचबुझ आयोगले सो घटनामा ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो।
ओली र लेखक दुवै जना चैत १४ गते बिहान भक्तपुरबाट पक्राउ परेका थिए।

