४ असार, बारा: क्याम्पस प्रमुखको हत्यारालाई कार्बाहीको माँगगर्दै शिक्षक सम्बद्ध विभिन्न संगठनहरुले आज आन्दोलनको कार्यक्रम घोषणा गरेका छन ।
शिक्षक सम्बद्ध नौ वटा संघस्ंगठनहरुले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुश्वाहाको हत्यामा संलग्नलाई पक्राउ गरि कडा भन्दा कडा कार्बाहीको माँगगर्दै आन्दोलनको घोषणा गरेका हुन ।
कार्यबाहक क्याम्पस प्रमुख निवेश तिमिल्सिना, नेपाल शिक्षक संघक अध्यक्ष राजकिशोर सहनी,शिक्षक संगठनका अध्यक्ष सुरेन्द्र पासवान,अखिल शिक्षक संगठनका अध्यक्ष रोशन यादव, शिक्षक मँचका अध्यक्ष नन्दकिशोर दुबे,शिक्षक फोरमका लालबाबु जयसवाल, एनप्याब्सनका अध्यक्ष प्रभुलाल कुश्वाहा, प्याब्सनका मनोज यादव लगायतले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै आन्दोलनको घोषणा गरेका हुन ।
मृतक कुश्वाहालाई सहिद घोषणा गर्नु पर्ने, जिल्लाको सुरक्षा व्यवस्था कडा बनाउनु पर्ने, मृतक परिवारलाई क्षतिपूर्तीको व्यवस्था गरिनुपर्ने सहितका माँग ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
संगठनहरुले घोषणा गरेको आन्दोलनको कार्यक्रम अनुसार भोलि हातमा कालोपट्टी बाँधेर काम गर्ने, ६ गते चक, डस्टर, मारकर बिना अध्यापन गराउने र ७ गते भरतचौकमा विरोध सभा गर्ने कार्यक्रम रहेको छ ।
गएको जेठ ३२ गते क्याम्पस प्रमुख कुश्वाहाको गोली हानेर हत्या गरिएको थियो ।