२३ बैशाख,बारा:बारा नागरिक समाजको जिल्ला कार्य समिति बिस्तार भएको छ ।
समाजका अध्यक्ष उमेशलाल दासले आज बिज्ञप्ती मार्फत समिति बिस्तार गरेका हुन ।
बिस्तारित समितिका सदस्यहरुमा एकरामुल हक, सत्यप्रसाद श्रेष्ठ, लक्ष्मी प्रसाद चौधरी, समसुदिन हवारी, ईन्द्रासन मण्डल, गोकुल घोरासाईने, सरस्वती खरेल, निवेश तिमिल्सीना, बबिता जयसवाल, सिकेन्द्र पासवान रहेका छन ।
बारा नागरिक समाज नागरिकको पक्षमा रही न्यायका लागि लडी रहने सस्थाको रुपमा जिल्लामा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको र सस्थाले सदैव शिक्षा, स्वास्थ्य, स्वच्छ वातावरण लगायत संबिधानले प्रद्धत गरेका सबै खाले नागरिकको मौलिक अधिकारको ग्यारेन्टीका लागि वकालत र पैरवी गर्न जिम्मेवारी परा गर्न सबैलाई आग्रह समेत अध्यक्ष दासले गरे ।
त्यसैगरी नागरिकहरुको जनजिवीकाका सवालहरु उठाउदै नागरिकको पिडा र समस्याको समाधान कार्यन्वयन गराउन हाम्रो प्रयास रहने अध्यक्ष दासले भने । सबै क्षेत्रबाट मिलाएर समिति निर्माण गरि अगामी दिनमा समितिले आफनो दायित्व पुरा गर्नका लागि तत्पर रहने अध्यक्ष दासले प्रतिवद्धता ब्यतm गरेका थिए ।

