काठमाडौं, चैत २४ – बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज बस्दै छ।
हेटौँडा उपमहानगरपालिका परिसरमा रहेको सभाहलमा दिउँसो ४ बजे प्रदेशसभा बैठक बस्ने तय भएको छ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधान २०७२ को धारा १८३ को उपधारा (१) बमोजिम बैठक आह्वान गरेका हुन्।
यसअघि प्रदेशसभा बैठक गत भदौ १७ र १८ गते बसेर मंसिर ६ गते अन्त्य भएको थियो।

