सार्वजनिक यातायातको भाडा झण्डै २२ प्रतिशतले बढ्यो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

चैत २५, २०८२ | काठमाडौं-सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको निर्णयपछि यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको हो।

विभागका सूचना अधिकारी गणेशमान राईका अनुसार, वैज्ञानिक प्रणालीको आधारमा भाडा परिवर्तन गरिएको हो।

हाल, कच्चा तेलको मूल्यमा आएको अत्यधिक वृद्धि र इन्धन मूल्यको उकालोले यातायात व्यवसायीहरूलाई भाडा बढाउन प्रेरित गरेको छ।

विभागका विवरण अनुसार:

यात्रुवाहक सवारीमा १६.७१% वृद्धि

तराई क्षेत्रमा मालवाहकमा १५.७५% वृद्धि

पहाडी क्षेत्रमा मालवाहकमा २१.६८% वृद्धि

Leave a Comment