काठमाडौं, फागुन २८ — प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै मत मधेश प्रदेशबाट प्राप्त गरेको छ।
निर्वाचन आयोगका अनुसार रास्वपाले समानुपातिकतर्फ कुल ५१ लाख ८३ हजार ४९३ मत प्राप्त गरेको छ। यसमध्ये मधेश प्रदेशबाट मात्रै करिब १३ लाख मत आएको छ। मधेशमा रास्वपाको मत दोस्रो स्थानको नेपाली कांग्रेसभन्दा १० लाखभन्दा बढी रहेको छ।
मधेश प्रदेशमा नेपाली कांग्रेसले २ लाख ८७ हजार ३२३ मत प्राप्त गर्दा नेकपा एमालेले १ लाख ८७ हजार ९०१, जनता समाजवादी पार्टीले १ लाख ३७ हजार ८७८ र नेकपाले १ लाख ७ हजार ६१२ मत प्राप्त गरेका छन्।
सात प्रदेशमध्ये छ प्रदेशमा पहिलो बनेको रास्वपा कर्णाली प्रदेशमा भने दोस्रो स्थानमा रहेको छ। कर्णालीमा नेपाली कांग्रेसले १ लाख ४१ हजार २३३ मत पाउँदा रास्वपाले १ लाख ३३ हजार ७४९ मत प्राप्त गरेको छ।
कोशी प्रदेशमा रास्वपा ८ लाख ५३ हजार १८३ मतसहित पहिलो भएको छ। यहाँ श्रम संस्कृति पार्टी २ लाख ९२ हजार ४९ मतसहित दोस्रो स्थानमा रहेको छ। नेपाली कांग्रेसले २ लाख ९० हजार ५६२ र नेकपा एमालेले २ लाख ८८ हजार १८६ मत प्राप्त गरेका छन्।
बागमती प्रदेशबाट रास्वपाले ११ लाख १९ हजार २७० मत प्राप्त गरेको छ। यहाँ नेपाली कांग्रेसले ३ लाख २१ हजार १०६, नेकपा एमालेले २ लाख ६१ हजार ८९७ र नेकपाले १ लाख ८८ हजार १८२ मत पाएका छन्।
गण्डकी प्रदेशमा रास्वपाले ५ लाख २५ हजार ६३५ मत पाउँदा नेपाली कांग्रेसले २ लाख ७ हजार ३८७ मत प्राप्त गरेको छ। नेकपा एमालेले १ लाख ५२ हजार ५८७ र नेकपाले ५७ हजार ८७६ मत ल्याएका छन्।
लुम्बिनी प्रदेशमा रास्वपाले ९ लाख ३३ हजार ३५२ मत पाएको छ। नेपाली कांग्रेसले ३ लाख २८ हजार ७१९, नेकपा एमालेले २ लाख ९६ हजार ५४२ र नेकपाले १ लाख ५५ हजार २४२ मत प्राप्त गरेका छन्।
सुदूरपश्चिम प्रदेशबाट पनि रास्वपा पहिलो बनेको छ। यहाँ रास्वपाले ३ लाख १७ हजार ८३६ मत पाउँदा नेपाली कांग्रेसले १ लाख ८२ हजार ८४२ र नेकपा एमालेले १ लाख ४७ हजार ९०९ मत प्राप्त गरेका छन्।
यसपटकको समानुपातिक मत परिणामले रास्वपाले अधिकांश प्रदेशमा उल्लेखनीय समर्थन प्राप्त गरेको देखिएको छ।

