१० फागुन २०८२, आइतबार
काठमाडौँ, १० फागुन २०८२ (२२ फेब्रुअरी २०२६) — निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारमा चुनाव चिह्नको भौतिक स्वरूप (जस्तै: घण्टी, डोजर, खुकुरी आदि) प्रयोग गर्न नपाइने भन्दै कडाइ गरेपछि विशेषगरी र काठमाडौँ महानगरका मेयर सँग जोडिएको आक्रामक शैलीको प्रचार प्रभावित हुने भएको छ।
आयोगका अनुसार पछिल्लो समय रास्वपाका कार्यकर्ताले ‘घण्टी’ बजाउँदै देशव्यापी प्रचार गरेको भन्दै व्यापक गुनासो आएपछि यस्तो निर्णय गरिएको हो। यसअघि ले समेत “रवि लामिछानेका कार्यकर्ताले घण्टी बजाउँदै हिँड्दा आयोग किन मौन?” भन्दै प्रश्न उठाएको थियो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी सूचनामा राजनीतिक दल वा उम्मेदवारले आम जनमानसको सुरक्षामा असर पर्ने गरी धातु, काठ वा अन्य सामग्रीबाट बनेका निर्वाचन चिह्न प्रयोग गर्न नपाइने स्पष्ट गरिएको छ। आचारसंहिता विपरीत यस्ता गतिविधि गरे तत्काल कारबाही हुने चेतावनी पनि दिइएको छ।
निर्णयसँगै अब रास्वपाले प्रचारमा सक्कली घण्टी बजाउन पाउने छैन भने अन्य दलले पनि खुकुरी वा हतियारजस्ता देखिने चिह्न प्रदर्शन गर्न नपाउने भएका छन्। आयोगले झण्डा, पोस्टर र चुनाव चिह्नको सामान्य दृश्य माध्यमबाट मात्र प्रचार गर्न निर्देशन दिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो कदमले प्रतीकात्मक र आक्रामक शैलीको प्रचारलाई सीमित गर्दै चुनावी प्रतिस्पर्धालाई तुलनात्मक रूपमा संयमित बनाउन खोजिएको संकेत गर्छ। विशेषतः ‘डोजर’ शैलीको विकास–छविबाट चर्चित बालेन र ‘घण्टी’ प्रतीकमार्फत जनसंपर्क बढाउँदै आएको रास्वपाको प्रचार रणनीतिमा प्रत्यक्ष असर पर्ने देखिएको छ।

