चैत २५, २०८२ | काठमाडौं-सरकारले बुधबार यात्रुवाहक सवारीसाधनको भाडा करिब १७ प्रतिशत बढाएको छ।
तर, यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ कि यो भाडा वृद्धि विद्युतीय सवारीसाधनमा लागु हुँदैन।
विभागका अनुसार, इन्धन मूल्यमा आएको बढोत्तरीलाई आधार बनाएर भाडा समायोजन गरिएको हो। यस क्रममा कुल १३ वटा सूचक विश्लेषण गरी नयाँ भाडा दर तय गरिएको हो।
अहिले बढोत्तरी केवल एक प्रदेशबाट अर्को प्रदेशमा जाने यात्रुवाहक र मालवाहक सवारीमा लागु हुनेछ। छोटो दूरी, अर्थात् एक सहरभित्र वा प्रदेशभित्र सवारीका लागि भाडा दर प्रदेश सरकारले तोक्ने गर्छ।

