२७ चैत २०८२, शुक्रबार,काठमाडौं-नवनियुक्त मन्त्रीद्वय गौरीकुमारी यादव र रामजी यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार नै गौरीकुमारीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र रामजीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त गरेका थिए।
यसअघि श्रम मन्त्रालय सम्हालिरहेका दिपक साहलाई पदमुक्त गरिएको थियो भने उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले आफैं राख्दै आएका थिए।
रामजी यादव सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने गौरीकुमारी यादव महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित भएकी हुन्।

