१९ बैशाख काठमाडौं : सशस्त्र प्रहरी बलका १६ जना नायब महानिरीक्षक (डीआईजी)हरुको सरुवा भएको छ ।
मधेस प्रदेशमा कालीदास धौवजीको सरुवा भएको छ । सशस्त्र प्रहरी नायब महानिरीक्षक धौवजी सिमाक्षेत्रमा हुने चोरीपैठारी, तस्करी र अपराध नियन्त्रणमा ईमान्दार र अब्बल मानिन्छन ।
धौवजी एसपी भएर बारामा बस्दा सिमाक्षेत्रमा हुने तस्करी,अवैध कारोबार शुन्य बनाएका थिए ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक मधेस प्रदेशमा आउने भएपछि तस्करी र अवैध कारोबार गर्ने व्यापारीहरुको निन्द्रा हराएको छ ।
गृहमन्त्रीस्तरीय निर्णयबाट १६ डीआईजीहरुको सरुवा गरिएको हो । सरुवा सूची अनुसार कार्य विभागमा रहेका डीआईजी कमल गिरीको सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ ।
गणेशबहादुर ठाडा मगरको सीमा सुरक्षा विभागबाट नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरमा सरुवा भएको छ ।
सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत रहेका अभिकुमार खत्रीको नं. ५ बिन्ध्यावासिनी बाहिनी रुपन्देहीमा सरुवा गरिएको छ ।
कमलबहादुर नेम्बाङको मानव स्रोत विभागबाट नं. ४ मुक्तिनाथ बाहिनी कास्कीमा सरुवा गरिएको छ ।