विराटनगर — आपतकालीन सेवाका लागि प्रयोग हुने एम्बुलेन्सलाई नै अवैध तस्करीको माध्यम बनाइएको घटना सुनसरीमा खुलेको छ। प्रहरीले बराहक्षेत्र नगरपालिका–२ पुल्ठेगौंडाबाट भारतीय नम्बर प्लेटको एम्बुलेन्समा लुकाइराखिएको १४८ किलो गाँजा बरामद गरेको छ।
मंगलबार गरिएको विशेष चेकजाँचका क्रममा एम्बुलेन्सभित्र प्लास्टिकका बोरामा राखिएको अवस्थामा ठूलो परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ। सोही क्रममा एम्बुलेन्समा सवार दुई जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरू भारतको बिहार राज्य सुपोल जिल्ला वीरपुरका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र २१ वर्षीय मोहमद सदाम रहेका छन्। उनीहरू एम्बुलेन्स प्रयोग गरी गाँजा भारततर्फ लैजान खोजेको आशंका प्रहरीले गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ। बरामद गाँजा र एम्बुलेन्स नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
एम्बुलेन्समा लुकाएर गाँजा तस्करी, सुनसरीबाट १४८ किलोसहित दुई पक्राउ
Leave a Comment
Leave a Comment

