प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम घोषणा

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 38
पढ्न लाग्ने समय : 1 मिनेट
Oplus_131072

 

१ जेठ, काठमाडौं :  सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कार्यक्रम प्रस्तुत गरेका हुन् ।

महिलालाई आर्थिक रूपमा सक्षम र सबल बनाउन सो कार्यक्रम सञ्चालन गर्न लागेको सरकारले जनाएको छ ।
सरकारले बालबालिकामाथिको दुर्व्यवहार, महिला हिंसा, मानव बेचविखन तथा बलात्कार, दाइजो, छाउपडीजस्ता सामाजिक विकृति, अपराध र शोषण अन्त्य गरिने घोषणा पनि गरेको छ ।
दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यलाई प्रदेशसँगको समन्वयमा विस्तार गर्नेसमेत सरकारले घोषणा गरेको छ ।