कांग्रेस बारा सभापति राजेश राय यादवसहित १६ जनामाथि कारबाही सिफारिस

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

चैत २, २०८२-काठमाडौं । नेपाली कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादवसहित १६ जनामाथि कारबाही गर्न पार्टी केन्द्रसमक्ष सिफारिस गरिएको छ।

बारा निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्यका उम्मेदवार फरमुल्लाह मन्सुरलाई निर्वाचनमा असहयोग गरेको आरोप लगाउँदै उनीहरूमाथि कारबाहीको सिफारिस गरेको हो। क्षेत्रीय सचिव राजेश भण्डारीका अनुसार जिल्ला सभापति यादवले आफ्ना नातेदार तथा नजिकका नेता–कार्यकर्तालाई परिचालन गरी पार्टी उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लगाइएको छ।

क्षेत्रीय सभापति प्रभातकुमार चौरसियाद्वारा हस्ताक्षरित पत्रमा सिफारिस गरिएका सबैलाई तत्काल पार्टी सदस्यताबाट निलम्बन गर्न केन्द्रसँग माग गरिएको छ।

कारबाहीको सिफारिसमा परेकाहरूमा जिल्ला सभापति राजेश राय यादव, प्रदेश कार्यसमिति क्षेत्र नं. २ (ख) का सभापति हरिप्रवेश यादव, प्रदेश कार्यसमिति क्षेत्र नं. ३ (ख) का उपसभापति श्रीनिवास यादव, प्रदेश कार्यसमिति क्षेत्र नं. २ (ख) का उपसचिव केदार साह, कलैया उपमहानगर कार्यसमितिका उपसभापति अम्बिका यादव, महाधिवेशन प्रतिनिधि बजरंगी साह, कलैया–६ का वडा सभापति भोला राय यादव, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. २ का सभापति रामप्रवेश यादव, जिल्ला सदस्यहरू रबिन्द्र यादव (रोवान) र रविकरण साह कलवार, क्षेत्रीय सहसचिव नाजिर अन्सारी, नेपाल तरुण दल बारा कार्यवाहक अध्यक्ष दिपेन्द्र पटेक, मधेश प्रदेश कार्यसमिति सदस्य मो. अतिउर रहमान, प्रदेश महाधिवेशन प्रतिनिधि अवधेश यादव र क्षेत्रीय प्रतिनिधि हरि यादव रहेका छन्।

क्षेत्रीय कार्यसमितिले उनीहरूको गतिविधिले पार्टी उम्मेदवारलाई निर्वाचनमा पराजित गराउन भूमिका खेलेको निष्कर्षसहित कारबाहीका लागि केन्द्रमा सिफारिस पठाएको जनाएको छ।

Leave a Comment