बारा घर भएका एक जना लेखा अधिकृत माथि बलात्कारको आरोप लागेको छ । कोल्हबी नगरपालिका हनुमानगञ्ज स्थायी घर भएका लेखा अधिकृत प्रमोद मैनाली माथि बलात्कारको आरोप लागेको हो ।
मैनाली माथि आफ्नै सहकर्मीले बलात्कारको आरोप लगाएकी हुन । न्याय नपाए पछि काठमाडौंमा पत्रकार सम्मेलन गरी घटना बाहिर आएको हो ।
घटना २ वर्ष अगाडीको हो । काठमाडौं स्थित कोष तथा नियन्त्रण कार्यालय सुन्धारामा कार्यरत हुदा २०८१ माघमा लेखा अधिकृत मैनालीले आफूलाई बलात्कार गरेको पत्रकार सम्मेलनमा बताईन । पिडित आफु पनि एउटै विभागको अधिकृत स्तरको कर्मचारी भएको हुदा कार्यालयमा कामको सिलसिलामा आउदा बलात्कृत भएको बताईन।
२०८२ वैशाख १४ र ३० गरी दुई चोटी काठमाडौं प्रहरी परिसरमा जादा प्रहरीले उजुरी लिन नमानेको सुनाईन । धेरै प्रयास पछि जेठ २७ गते प्रहरीले जाहेरी दर्ता गर्यो ।
जाहेरी दर्ता पछि पक्राउ परेका लेखा अधिकृतलाई काठमाडौं जिल्ला अदालतले ५ लाख धरौटीमा छाडेको र उच्च अदालत पाटनमा जादा पनि तल्लो अदालतको निर्णय नै सदर गरेको सुनाईन ।
अदालतले धरौटीमा रिहा गर्न आदेश गरे पछि महिलाले आत्महत्याको प्रयास गरेको थिईन । आफु माथि बलात्कार गरेको व्यक्तिलाई छोडेको निवेदन लिएर २०८२ सावन ११ गते उच्च अदालत पाटन पुगेको बताईन ।
उच्चका न्यायाधीशद्वय ढकाल कुमार खड्का र अच्युत कुईकेलको ईजलासले युवतीको निवेदनमा जिल्लाकै सदर गरेको थियो । अदालतले ५ लाख धरौटीमा छोडेका थिए ।
जिल्ला कै आदेश सदर पछि आफूले न्याय नपाएको भन्दै महिलाले अदालत परिसर मै विष सेवन गरेकी थिईन । न्याय नपाएको भन्दै पत्रकार सम्मेलन गरेको सुनाईन ।
आरोप लागेका मैनाली हाल किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा कार्यरत छन ।






