टर्कीमाथि अस्ट्रेलियाको सहज जित, तीन अंकसहित विश्वकप यात्रा सुरु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, जेठ ३१ — विश्वकप–२०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ।
क्यानडाको भ्यानकुभरमा आइतबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले दुवै हाफमा एक–एक गोल गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो।
खेलको २७औँ मिनेटमा इरानकुन्डाले गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए। पहिलो हाफमा प्राप्त उक्त अग्रता जोगाएको अस्ट्रेलियाले दोस्रो हाफमा पनि आक्रामक खेल जारी राख्यो।
७५औँ मिनेटमा कोनर मेटकाल्फले अर्को गोल थपेपछि अस्ट्रेलियाको जित सुनिश्चित भएको थियो। त्यसपछि टर्कीले खेलमा फर्कने प्रयास गरे पनि अस्ट्रेलियाली रक्षापंक्ति तोड्न सकेन।
यस जितसँगै अस्ट्रेलियाले तीन अंक जोड्दै समूह ‘डी’ मा बलियो सुरुआत गरेको छ। समान अंकसहित सहआयोजक अमेरिका पनि समूहको शीर्ष स्थानका दाबेदारका रूपमा रहेको छ।
यता, पहिलो खेलमै पराजित बनेको टर्कीमाथि आगामी खेलमा दबाब बढेको छ। समूह चरण पार गर्ने सम्भावना कायम राख्न उसलाई बाँकी खेलमा सकारात्मक नतिजा निकाल्नुपर्ने अवस्था सिर्जना भएको छ।

Leave a Comment